मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

Published on

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर १० जमुवा स्थित कठौना–पातो सडक खण्डमा शनिबार साँझ भएको दुर्घटनामा सोही ठाउँका ६८ वर्षीय रामबाबु मण्डलको मृत्यु भएको हो । कठौनाबाट राजपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प. ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते हुनुभएको थियो ।

घाइते उहाँलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । सोही दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ बस्ने २२ वर्षीय राम अवतार मण्डलको र पछाडि सवार सोही ठाउँका १६ वर्षीय विशालकुमार मण्डल घाइते हुनुभएको छ र दुवैजनाको उपचार भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा रहेको र  मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुरज मण्डललाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...