टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको विश्वकप विजेता बलियो इङ्ल्यान्डसँग खेल्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको नेपालले पहिले बलिङ गर्दैछ । नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल आज इङ्ल्यान्डमाथि चमत्कारिक जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने अभियानमा छ । टी–२० क्रिकेटमा कुनै पवनि टोली कमजोर र बलियो नदेखिने हुँदा इङ्ल्यान्डले पनि नेपाललाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले इङ्ल्यान्डलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको बताउनुभएको छ ।क्याप्टेन्स मिटमा कप्तान रोहितले नेपालले यसअघिका खेलमा टेस्ट राष्ट्रलाई हराएको स्मरण गर्दै यस विश्वकपमा पनि हराउन सक्ने क्षमता रहेको बताउनुभएको थियो । विश्वकपका लागि राम्रो तयारी गरेर मुम्बई पुगेको नेपाली टोलीका सबै खेलाडी उत्साहित रहेको भन्दै रोहितले लक्ष्य सुपर आठमा पुग्ने बताउनुभएको छ । 

विश्वकपको समूह ‘सी’ मा  छ । यस समूहमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेको छ । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ । नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ । नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...