सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

Published on

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ । मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभएको हो । उहाँका अनुसार सूचनाको हकसम्बन्धी कानुनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेको छ । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उहाँले बताउनुभयो । 

पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताउनुभयो । उहाँका अनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ । अर्थमन्त्री खनालले भन्नुभयो, ‘अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ । सही सूचना प्रवाह कतिपय अवस्थामा सूचनाको हक सम्बन्धी कानुनले सिधै कभर नगरेपनि थ्रुपै मापदण्ड र कानूनले सम्बोधन गरेको छ । पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारणले कतिपय व्यक्तिहरुले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सुचना त्यही समयमा पाउन सकिरहेका छैनन् । त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त ग¥यो । कुनैले तत्काल रियल टाइममा प्राप्त ग¥यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउछ ।  धातु बजारमा सुन चाँदीको मूल्य कसरी बढ्दैछ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त ग¥यो भने ती दुई बीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ । त्यसकारणले सूचनाको महत्व ठूलो छ ।  

उहाँले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताउनुभयो। तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे÷नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उहाँको टिप्पणी थियो । समान अवसरको व्यवस्था विश्वभर प्रचलित भएपनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन नसकेको उहाँका भनाइ छ । नागरिकसम्म सही सूचना पु¥याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...