मिटरव्याजी समस्या समाधानदेखि ‘झापा–२ समृद्ध, न्यायपूर्ण’ बनाउने प्रतिबद्धता

Published on

काठमाडौं । नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मिटरव्याजीहरूमाथि कारबाही गरिने बताउनुभएको छ। ‘झापा–२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्पसहित शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै उहाँले प्रतिबद्धतापत्र प्रस्तुत गर्नुभयो। समाजमा व्याप्त मिटरव्याजी समस्या समाधान गर्नेदेखि धार्मिक क्षेत्रहरूको विकाससम्मका योजना उहाँको प्रतिबद्धतापत्रमा समावेश छन्। विराटपोखरी, अर्जुनधारा, जलेश्वर धाम, सालबारी र निचाझोडा क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने योजनाहरू पनि उल्लेख गरिएको छ।

उहाँले भन्नुभयो, “समाजमा व्याप्त मिटरव्याजी समस्या समाधान, सामाजिक रूपमा बहिष्कृत व्यक्तिको पुनस्र्थापना, खानेपानी तथा सिँचाइ व्यवस्थापन, प्राविधिक र रोजगारमुखी शिक्षाको विकास, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, युवाको नेतृत्व विकास र खेलकुद पूर्वाधार विस्तार मेरो प्रतिबद्धता हो।” प्रतिबद्धतापत्रमा ‘एक वडा–एक पुस्तकालय’ अभियान, कृषि, पशुपालन र दुग्ध उत्पादन प्रवद्र्धन, किसानलाई मल तथा बीउ–बिजनको सहज आपूर्ति सुनिश्चित गर्ने विषयसमेत उल्लेख गरिएको छ। धर्मशिला चापागाईं पहिलो संविधानसभा सदस्यमा निर्वाचित भइसकेकी थिइन् र मन्त्री पनि बनेकी छिन्।

झापा–२ मा रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वतमान सभामुख देवराज घिमिरे नेकपा एमालेबाट, निवर्तमान उपसभामुख इन्दिरा रानामगर रास्वपाबाट, सरिता प्रशाई नेपाली काँग्रेसबाट, भद्रप्रसाद नेपाल राप्रपाबाट उम्मेदवार रहँदै हुनुहुन्छ। डा. युवराज संग्रौला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...