अष्ट्रेलियामा कँडेल कपको तयारी

Published on

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा खुला उमेर र ३५ वर्ष माथि (फरेभर योङ्ग) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । सिड्नी, क्यानबेरा र एडिलेड लगायत अष्ट्रेलियाका विभिन्न शहरबाट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। खुलातर्फ सहभागि १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुने यो प्रतियोगिता अष्ट्रेलियामा नेपाली क्लबबिचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिन्छ । 

प्रतियोगितामा कुल २२ हजार अष्ट्रेलियन डलर पुरस्कार राशि निर्धारण गरिएको छ । ओपन क्याटेगोरीतर्फ विजेताले १२ हजार डलर र उपविजेताले चार हजार ५०० डलरसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । ‘फरेभर योङ्ग’ विधातर्फ विजेताले २,५०० डलर र उपविजेताले १,००० डलर पुरस्कार पाउनेछन् । यस्तै व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यति फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...