सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

Published on

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ । उहाँले ३२ हजार ८७५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याउनुभयो ।

यसै गरी सप्तरी ३ बाट यस अघिको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरी तेस्रो स्थानमा सिमित रहनुभएको छ । जिल्ला चार वटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा रास्वपाका पुष्पा कुमारी चौधरी, क्षेत्र नम्बर ४ मा सिताराम साह गरी तीन क्षेत्रमा रास्वापाले विजयी प्राप्त गरी सकेको छ भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार रामजी यादवले फराकिलो अग्रता कायम राख्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...