एसईईमा पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुँदै

Published on

 काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार नियमिततर्फ चार हजार २४६ जना र ग्रेडवृद्धि तर्फ आठ सय जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सुवेदीका अनुसार समग्र विद्यार्थी सहभागिता सन्तोषजनक देखिए पनि गत वर्षको तुलनामा नियमिततर्फ २६३ जना विद्यार्थी घटेका छन् । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै उहाँले उत्तरपुस्तिका लगायत आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पुर्‍याइसकिएको जानकारी दिनुभयो ।“परीक्षालाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले अभिभावक र विद्यार्थीलाई कुनै डरत्रास बिना आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । साथै केन्द्राध्यक्ष तथा सम्बन्धित निकायले विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन आवश्यक सबै प्रबन्ध मिलाइने बताउनुभयो । गत वर्षमा भन्दा यस वर्ष परीक्षा अझ व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिने लक्ष्य रहेको सुवेदीले बताउनुभयो । विद्यार्थीहरू उत्साहित र अनुशासित ढङ्गले परीक्षामा सहभागी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ । परीक्षामा सामुदायिक तर्फ १४३ र संस्थागत १८ विद्यालय गरि १६१ विद्यालय सहभागि हुने छन् । गत वर्ष धादिङका सामुदायिक १३४, संस्थागत १८ र निजी २ वटा विद्यालयबाट विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए । त्यतिबेला नियमिततर्फ चार हजार ३४७ जना, प्राविधिकतर्फ १६४ जना, ग्रेड वृद्धितर्फ ९३२ जना र खुल्लातर्फ ३२ जना गरी जम्मा पाँच हजार ४७५ जना विद्यार्थी सहभागी भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...