एसईईमा पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुँदै

Published on

 काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार नियमिततर्फ चार हजार २४६ जना र ग्रेडवृद्धि तर्फ आठ सय जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सुवेदीका अनुसार समग्र विद्यार्थी सहभागिता सन्तोषजनक देखिए पनि गत वर्षको तुलनामा नियमिततर्फ २६३ जना विद्यार्थी घटेका छन् । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै उहाँले उत्तरपुस्तिका लगायत आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पुर्‍याइसकिएको जानकारी दिनुभयो ।“परीक्षालाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले अभिभावक र विद्यार्थीलाई कुनै डरत्रास बिना आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । साथै केन्द्राध्यक्ष तथा सम्बन्धित निकायले विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन आवश्यक सबै प्रबन्ध मिलाइने बताउनुभयो । गत वर्षमा भन्दा यस वर्ष परीक्षा अझ व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिने लक्ष्य रहेको सुवेदीले बताउनुभयो । विद्यार्थीहरू उत्साहित र अनुशासित ढङ्गले परीक्षामा सहभागी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ । परीक्षामा सामुदायिक तर्फ १४३ र संस्थागत १८ विद्यालय गरि १६१ विद्यालय सहभागि हुने छन् । गत वर्ष धादिङका सामुदायिक १३४, संस्थागत १८ र निजी २ वटा विद्यालयबाट विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए । त्यतिबेला नियमिततर्फ चार हजार ३४७ जना, प्राविधिकतर्फ १६४ जना, ग्रेड वृद्धितर्फ ९३२ जना र खुल्लातर्फ ३२ जना गरी जम्मा पाँच हजार ४७५ जना विद्यार्थी सहभागी भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...