तनहुँमा क्षयरोगी पत्ता लगाउन चुनौती

Published on

काठमाडौं । तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ । लक्षण देखिएका बिरामीहरू परीक्षणका लागि स्वास्थ्य संस्थामा नआउने, समाजको डरले रोग लुकाएर बस्ने र उपचारको दायरामा आएकाहरूले पनि बीचमै औषधी छाड्ने प्रवृत्तिले रोग नियन्त्रणमा समस्या देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख आयोजना अमर दवाडीले बिरामीहरू लुकेर बस्नु र औषधी पूर्ण मात्रा सेवन नगर्नु नै ठुलो चुनौती रहेको बताउनुभयो । दवाडीका अनुसार जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा अन्य पालिकाको तुलनामा बढी सङ्क्रमित छन् । यी पालिकालाई क्षयरोग मुक्त बनाउन विशेष खोजपड्ताल तथा परीक्षण अभियान सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभर १८३ जना क्षयरोगका बिरामी फेला परी उपचारको दायरामा आएको सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा ३१८ जनामा सङ्क्रमण पुष्टि भएकोमा १३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । हाल जिल्लाका ११० वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको निःशुल्क औषधि वितरण भइरहेको र औषधी नियमित सेवन गर्नेहरूमा रोग निको हुने दर ९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । तीन हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, अकस्मात् तौल घट्ने र अत्यधिक पसिना आई थकान महसुस भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जँचाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।  विशेष गरी पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, धूम्रपान तथा मद्यपान गर्नेहरूमा यो सङ्क्रमणको जोखिम बढी हुने गर्दछ । 

विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयद्वारा सोमबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख दवाडीले समाजमा व्याप्त भ्रम हटाउन र रोग लुकाउने प्रवृत्ति अन्त्य गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने हुँदा सङ्क्रमण देखिएका व्यक्तिलाई धैर्यताका साथ पूर्ण मात्रा औषधी  सेवन गर्न सुझाव दिइएको थियो । फोटो क्याप्सन–अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी । गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य...

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

काठमाडौं । यहाँको रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास...