वन डढेलोको जोखिम कम गर्न धनुषाको भाटिघारी सामुदायिक वन क्षेत्रमा क्यामरा जडान गरिएको छ।

Published on

काठमाडौं । वन तथा पशुपन्छी संरक्षणका क्षेत्रमा काम गर्दै आएका मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाले क्यामरा जडान गरेको हो । ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले गर्मीयामसँगै बढ्दै गएको डढेलोको जोखिमलाई मध्यनजर गर्दै सो सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा गरी १२ वटा ट्रयाप क्यामरा जडान गरिएको बताउनुभयो । उहाँले डढेलोको जोखिम समयमै पहिचान गर्न तथा वन्यजन्तुको गतिविधिसमेत निगरानी गर्न क्यामरा जडान गरिएको जानकारी दिनुभयो । यसले वन्यजन्तु संरक्षणसँगै डढेलो नियन्त्रण तथा वन सुरक्षामा सहयोग पुग्ने अपेक्षा उहाँको भनाइ छ । ट्रस्टका अध्यक्ष मण्डलले सुक्खा मौसममा वन क्षेत्रमा आगलागीको जोखिम उच्च हुने भएकाले वन उपभोक्ता तथा स्थानीयलाई सचेत रहन आग्रह गर्नुभयो। यसैगरी डिभिजन वन कार्यालय धनुषाले भाटिघारी सामुदायिक वन उपभोक्ता समितिलाई वन डढेलो नियन्त्रण गर्न उपकरण प्रदान गरेको छ ।

डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष सुरक्षात्मक कपडा र फलामे औजार हस्तान्तरण गरिएको धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले बताउनुभयो । वन डढेलोको जोखिम कम गर्न धनुषाको भाटिघारी सामुदायिक वन क्षेत्रमा क्यामरा जडान गरिएको छ। वन तथा पशुपन्छी संरक्षणका क्षेत्रमा काम गर्दै आएका मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाले क्यामरा जडान गरेको हो । ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले गर्मीयामसँगै बढ्दै गएको डढेलोको जोखिमलाई मध्यनजर गर्दै सो सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा गरी १२ वटा ट्रयाप क्यामरा जडान गरिएको बताउनुभयो । उहाँले डढेलोको जोखिम समयमै पहिचान गर्न तथा वन्यजन्तुको गतिविधिसमेत निगरानी गर्न क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।

यसले वन्यजन्तु संरक्षणसँगै डढेलो नियन्त्रण तथा वन सुरक्षामा सहयोग पुग्ने अपेक्षा उहाँको भनाइ छ । ट्रस्टका अध्यक्ष मण्डलले सुक्खा मौसममा वन क्षेत्रमा आगलागीको जोखिम उच्च हुने भएकाले वन उपभोक्ता तथा स्थानीयलाई सचेत रहन आग्रह गर्नुभयो। यसैगरी डिभिजन वन कार्यालय धनुषाले भाटिघारी सामुदायिक वन उपभोक्ता समितिलाई वन डढेलो नियन्त्रण गर्न उपकरण प्रदान गरेको छ । डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष सुरक्षात्मक कपडा र फलामे औजार हस्तान्तरण गरिएको धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...