सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

Published on

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध्यान्ह १२ः३० बजेतिर माथिबाट झरेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चट्टानसहित सुक्खा पहिरो झरेर मेची राजमार्गको काबेली–मेवाखा–ल्याङ्बा–फुङ्लिङ खण्ड अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रिने यातायातका साधन रोकिएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको खबर हुनासाथ तत्काल तमोर कोरिडोर (सुभाङ खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनाबाट जेसिभी मेसिन पठाइए पनि पहिरो पन्साउनलाई सम्भव भएको छैन । पहिरो पन्साउनलाई सडक डिभिजन इलामको थप मेसिन झिकाइएको र मेसिन आइपुगेपछि पहिरो हटाउने काम हुने उहाँले बताउनुभयो ।

यता पहिरोले अवरुद्ध बनाएको राजमार्ग क्षेत्रको स्थलगत निरीक्षण तथा अवलोकनका लागि जिल्लास्थित सुरक्षा संयन्त्रसहितको जाँदै गरेको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने केही र भित्रिने सयौं यातायातका साधन पहिरो खसेको क्षेत्रमा रोकिएका व्यवसायी भीषण लिम्बूले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...