डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान

Published on

काठमाडौँ । नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले गति लिएको छ । ग्रामीण जीवनशैली, बागलुङ बजार र धौलागिरि हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिने ब्लुहिललाई जोड्ने सडक र पदमार्ग निर्माणको काम पनि थालिएको छ । ब्लुहिलले बागलुङ बजार आउने पर्यटकको बसाई लम्ब्याउने अपेक्षा गरिएको छ । स्थानीयलाई उत्पादनमा प्रोत्साहन गर्दै कृषि उपजको बजारीकरण गर्ने, पर्यटकका लागि होम–स्टे सञ्चालन गर्ने तथा बाँझो जमिनमा ओखर खेती गरेर उद्यमशिलता र आर्थिक उपार्जनसँग जोड्ने नगरपालिकाले योजना बनाएको छ ।

बढ्दो बसाइ सराइले सुनसान बन्न थालेको डोयको एक सयबढी रोपनी जमिनमा नगरपालिकाले पर्यटनको केन्द्र बनाउन लागेको हो । ब्लुहिलमा पोखराको जस्तै विशाल शिवमुर्ती बनाउने, वनभोज स्थल निर्माण गर्ने र स्थानीय उत्पादनको प्रचार र बजारीकरण गर्ने लक्ष्य राखिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । समुन्द्री सतहदेखि दुई हजार मीटर उचाइमा रहेको ब्लुहिलमा पर्यटकीय केन्द्र बनाउँदा सदरमुकाम आउने पाहुना पु¥याउन सकिने श्रेष्ठले विश्वास गर्नुभयो । नगरपालिकाले ब्लुहिललाई पर्यटकीय क्षेत्र बनाउन गौरवको आयोजनामा समावेश गरेको छ । पर्यटन प्रवर्धनकै लागि नगरपालिकाले बागलुङ बजार नजिकैको अग्लो पुलदेखि दुर्लेनी र डोयसम्म झण्डै ४ किमी लामो पदमार्ग पनि बनाउन लागेको छ ।

गत वर्ष ८० लाख लगानी गरेर जमिन सम्याउने, संरक्षणका लागि पर्खाल लगाउने, अग्लो मुर्ती बनाउने र त्यसको लागि सुरक्षाकर्मी बस्ने घर, खानेपानीको ट्याङ्की र शौचालय निर्माण गरिएको छ । ‘‘विशाल शिवको मुर्ती निर्माणका लागि जग बसाल्ने काम समेत भइसकेको छ’’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘‘गुरुयोजना अनुसारका काम पुरा हुँदा ब्लुहिल पर्यटकको रोजाईंमा पर्ने निश्चित छ ।’’ चालु आर्थिक वर्षदेखि खर्च गर्नेगरी ब्लुहिललाई नगरपालिकाले गौरवको आयोजनामा समावेश गर्दै दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । नगर स्तरीय योजना वडा तहमा सञ्चालन भएको यो सबैभन्दा ठुलो हो । ‘‘ब्लुहिल पुग्ने सडक स्तरीय बनाउने काम पनि भइरहेको छ’’ वडाध्यक्ष राजु थापाले भन्नुभयो, ‘‘यो सडक बनिसक्दा बागलुङकै विकट मानिने रायडाँडा पुग्न पनि सहज हुनेछ ।’’ सडकले रायडाँडाको शान्ति गुम्बाको प्रवर्धन हुने थापाको भनाइ छ ।

डोयमा पर्यटनका कार्यक्रम आउने भएपछि स्थानीयले कृषि र पशुपालनको काम थालेको मिना जिसीले बताउनुभयो । जिसीले बाख्रापालन सुरु गरेपछि भेटेनरी तथा पशु विज्ञ केन्द्रले आधुनिक खोर र घाँस भण्डारनका लागि एक लाख २५ हजार रुपियाँ अनुदान दिएको छ । जिसीले दुई लाख ५० हजारमा गोठ बनाएको बताउनुभयो । तित्याङका कृष्णबहादुर खड्का र देवबहादुर खड्कासहितका युवा मिलेर ओखर खेती र व्यवसायिक तरकारी खेती थाल्नुभएको छ । नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिने र स्थानीय उत्पादनले पुगेसम्म आयात नगर्ने नीति लिएपछि युवाहरु व्यवसायिक खेतीका आकर्षित बनेको कृष्णबहादुर खड्का बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...

लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा

काठमाडौँ – लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा परेका...

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...