पसगाउँ महोत्सव हुने

Published on

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटक बोलाउन लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँबासी महोत्सव गर्ने तयारीमा जुटेका छन् । यही चैत महिनाको २५ र २६ गते सोह्रौं पसगाउँ महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुहिक होमस्टेले जानकारी दिएको छ । पसगाउँमा २०६० सालदेखि महोत्सव हुँदै आएको छ । क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक बोलाउने उदेश्यले महोत्सव गर्न पसगाउँबासीहरु जुर्मुराएको बताउनुभयो । प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक आउँदै नआउने होइनन्, हाम्रो अपेक्षा अलि धेरै संख्यामा आउन् भन्ने हो । महोत्सवबाट गाउँ चिनाउने र पर्यटक बोलाउने हाम्रो उदेश्य हो ।” 

गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने उहाँले बताउनुभयो । पसगाउँ मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजेलगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने ठाउँहरु रहेको उहाँले प्रस्ट्याउनुभयो । उहाँका अनुसार स्थानीयले पर्यटन प्रवद्र्धनका कार्यक्रम भने २०५८ सालदेखि नै गर्दै आएका थिए । क्व्होलासोंथर ६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटकका लागि २५ घरमा होमस्टे संचालन गरिएकोे बताउनुभयो । महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत देखाइनेछ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो । ढुंगाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब २ सय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ । बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । 

तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेंसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दूरीमा पर्छ । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...