रौतहटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Published on

काठमाडौं । रौतहटको गढिमाई नगरपालिका वडा नं.७, धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार, धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्याक्टर बिहीबार राति अनियन्त्रित भई खेतमा पल्टिएको हो। दुर्घटनामा ट्याक्टर चालक, गौर नगरपालिका वडा नं. ६, सबगढा निवासी २८ वर्षीय रञ्जित साहको मृत्यु भएको छ।

प्रवक्ता बस्यालले बताउनुभयो, “साहको मृत्यु इञ्जिनको भागले च्यापिँदा भएको हो। मृत्यु भएको खबर शुक्रवार बिहान प्राप्त भएपछि प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटाइएको थियो।” घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...