मटिखान बजारमा ट्रक दुर्घटना

Published on

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ । शुभकालिका –४ सुकाटियाबाट समान लिएर महावै गाउँपालिका जादै गरेको मालवहाक ट्रक मटिखान बजारनजिक दुर्घटनामा परेको हो । कर्णाली प्रदेश क ०२–००१ ख०२३० नम्वरको मालवहाक ट्रक दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । दुर्घटना हुने पूर्व संकेत हुँदा चालक र मालवाहक ट्रकका सहचालकसहित अन्य दुई जना गरी चारैजना हाम फालेर जोगिएका छन् । 

स्थानीय जगतप्रसाद भट्राईले मालवाहक ट्रक दुर्घटना हुने अवस्थामा सबै जना हाम फालेर जोगिएको बताउनुभयो । “गए राति पानी धेरै परेकाले सडकमा थुप्रो परेको माटो भिजेर गलेको रहेछ । त्यसैमा ट्रक गुडाउँदा भाँसिदै गएपछि चालकसहितका चारै जना ढोका खोलेर हाम फाले । चालकले केही प्रयास गरे पनि दुर्घटनाबाट जोगाउन नसक्ने भए पनि उहाँले पनि हाम फालेर मानवीय क्षति हुनबाट जोगिएको हो” भट्टराईले भन्नुभयो । दुर्घटनाको खबरपछि प्रहरी त्यसतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । एसईईको परीक्षा भएकाले प्रहरी परीक्षा केन्द्रको सुरक्षामा हुँदा दुर्घटनास्थलमा जान ढिलाइ भएको प्रहरीको भनाइ छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...