‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

Published on

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ । प्याकेजमा आधारित विभिन्न सुविधा लिएका ग्राहकले प्याकेज समाप्ति पछि पनि सेवा निरन्तरता हुने वा सेवा बन्द हुने भन्नेसम्बन्धी छनोट गर्ने अवस्थालाई ‘पे–जी’ सुविधा भनिन्छ । अबदेखि ग्राहकले आफ्नो चाहनाअनुसार सो सुविधा सक्रिय वा निष्क्रिय पार्न सक्ने टेलिकमले जनाएको छ ।  यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्नेछ । त्यसपछि ४ अङ्क छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ डायल गर्नुपर्नेछ । प्याकेज खरिद गरेका ग्राहकले ‘पे–जी’ सुविधा निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मुख्य ब्यालेन्सबाट डेटा चल्ने छैन । पे–जी सुविधा सक्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि पनि डेटा सेवा निरन्तर चल्नेछ । प्याकेज नलिई डेटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सधैँ सक्रिय राख्नुपर्नेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत सो सुविधा ‘निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशनअनुसार पनि कम्पनीले उक्त सुविधा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।  आगामी दिनमा नेपाल टेलिकम ‘एप’बाट यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुने कम्पनीले जनाएको छ ।  प्रिपेड तथा पोष्टपेड ग्राहकले ‘डेटा प्याकेज’ लिएको अवस्थामा अब ९० प्रतिशत खपत भएपश्चात् एसएमएसबाट जानकारी पाउनेछन् । यसअघि ‘डेटा भोल्युम’ ८० प्रतिशत खपत भएको अवस्थामा, डेटा भोल्युम समाप्त भएपश्चात् वा डेटा प्याकेजको समयावधि समाप्त भएपश्चात् ग्राहकहरुलाई जानकारी दिन एसएमएस पठाउने सुविधा थियो ।  यसअघि डेटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपश्चात् ग्राहकहरुले डेटा सेवाको प्रयोग निरन्तर राखेमा ‘मेन ब्यालेन्स’बाट डेटा चल्ने र चलेको भोल्युमअनुसार शुल्क काटिने व्यवस्था थियो । टेलिकमले प्रिपेड तथा पोस्टपेड ग्राहकको मागबमोजिम विभिन्न प्रकारका डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...