टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

Published on

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा-८ को टिमले जितेको छ । बाँके जिल्लाको विभिन्न २८ वटा वडाको टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेलमा वडा-८ नेपालगन्जले जानकी गाउँपालिका वडा नम्बर ३ को टिमलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता टोलीलाई ट्रफीसहित नगद ५० हजार रुपियाँ र उपविजेता टोलीलाई ट्रफीसहित नगद २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको जानकी गाउँपालिका वडा-३ का वडाध्यक्ष राजकुमार बर्माले बताउनुभयो । 

उहाँले क्रिकेट खेललाई वडासम्म पुर्‍याउन र नयाँ खेलाडीको आकर्षण बढाउन सो प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगिताको फाइनल खेलमा जानकी ३ ले पहिले व्याटिङ गरेर १२ ओभरमा ११४ रन बनाएको थियो भने नेपालगन्ज ८ ले ११.४ ओभरमै ६ विकेट गुमाएर ११५ रन बनाई विजयी भएको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालगन्ज-८ का कुँवर धनन्जयलाई म्यान अफ दी म्याच घोषित गरेर पुरस्कृत गरिएको छ । प्रतियोगितामा राम्रो पदर्शन गरेबापत बेस्ट बलर रूपचन्द कुर्मी, प्लेयर अफ दी टुर्नामेन्ट रेशम शाही र बेस्ट व्याटसमैनको पुरस्कार भिम कनोजियालाई प्रदान गरिएको आयोजक रमवापुर स्पोर्टस क्लबका अध्यक्ष जोगराज बर्माले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...