सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२ दिन पुर्याउने प्रस्ताव गरेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ। विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेश गर्ने तयारी गरिएको छ। प्रस्तावमा तलबसहितको प्रसूति तथा प्रसूति स्याहार बिदा व्यवस्था गर्ने उल्लेख छ।

