कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

Published on

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यतालिका बनाएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन गर्ने गरी तयारी गरिएको थियो। ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको र सम्बन्धित जिल्लामा निर्वाचन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ। जिल्ला निर्वाचन अधिकृतहरूले स्थानीय तह तथा पार्टीका सम्बन्धित पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी छलफल गरी वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरेका छन्।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका विषयमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई निर्धारित निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। कांग्रेसको परिमार्जित कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।

spot_img

ताजा समाचार

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...