कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

Published on

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि आज बिहान ७ बजेका लागि तोकिएको मतदान समय बिहान १० बजे, दिउँसो १ बजे र साढे २ बजेका लागि सारिएको थियो। तर, विभिन्न क्लस्टरतर्फ उम्मेदवारको सूची लामो भएकाले मतपत्र छपाइमा ढिलाइ भएको र मतपत्रमा हस्ताक्षर गर्न समय नपुगेपछि मतदान भोलिका लागि सारिएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बिहीबार साँझ नै सार्वजनिक गरिसकेको छ।

यसैबीच, पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सभापतिका उम्मेदवार किशोरसिंह राठौर, खुला उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र देवराज चालिसे तथा दलित क्लस्टरतर्फकी सहमहामन्त्री उम्मेदवार लक्ष्मी परियारले उम्मेदवारी फिर्ता लिएका हुन्। मतदानअघि नै तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यकाको महिला केन्द्रीय सदस्यमा प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्।

spot_img

ताजा समाचार

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौँ - काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च...

कांग्रेस महाधिवेशन: सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी, प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न...

भारतमा निर्वाचन आयोगविरुद्ध विपक्षीको प्रदर्शन, एसआइआरलाई लिएर विवाद चर्कियो

काठमाडौँ - भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद...

फ्रान्समा विद्यार्थी आन्दोलन देशव्यापी, २ लाख ६६ हजार सडकमा

काठमाडौँ - शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी व्यवस्थालगायत माग राख्दै...