आज पितृ पक्ष समापन, भोलिदेखि बडादशैँ सुरु

Published on

काठमाडौँ- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज शनिबार औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। पितृ पक्षको समाप्तिसँगै भोलि असोज २५ गते घटस्थापना गरेपछि दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुनेछ। पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ दिनसम्म दिवंगत पितृका नाममा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बुबाको श्राद्ध भने भोलि गरिनेछ।

कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज औँसीका दिन गर्नुपर्ने शास्त्रीय मान्यता छ। आज पनि गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो। त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा त्यसपछि वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले जानकारी दिनुभयो। आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराईले बताउनुभयो।

यस अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

spot_img

ताजा समाचार

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...

नेपाल-अष्ट्रेलिया सम्बन्ध र जलवायु एजेन्डाबारे परराष्ट्रमन्त्री खनालको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ। परराष्ट्र...

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...