गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

Published on

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहसँग भेटवार्ता गर्नुभएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सुरक्षा सहयोग सुदृढ बनाउने, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्ने विषयमा छलफल भएको बताइएको छ। त्यसैगरी, विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच कुराकानी भएको थियो।

भेटमा गृहमन्त्री गुरुङले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।

यसैगरी, नेपालमा हालै आएको बाढी र पहिरोपछि भारत सरकारले समयमै उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री गुरुङले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। भेटवार्तालाई दुई देशबीच सुरक्षा सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।

spot_img

ताजा समाचार

सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले...

लगातार पाँच कारोबार दिन बढ्यो नेप्से, परिसूचक २६२१ विन्दुमा

काठमाडौँ । नेपाली शेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ। साताको कारोबारका...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक...

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय सिवाकोटीको जित सुनिश्चित

काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडा र...