सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

Published on

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको बैठकले पारित गरेका बजेटसम्बन्धी दुई विधेयक प्रदेश प्रमुख मियाँले आज प्रमाणीकरण गर्नुभएको हो।

प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनीतिक विवादका बीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको थियो।

बजेट प्रमाणीकरण भएसँगै तीन महिनादेखि प्रभावित हुँदै आएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश सरकारको नियमित खर्च प्रभावित भएको थियो।

दसैँ नजिकिँदै गर्दा कर्मचारीले पारिश्रमिकसमेत नपाउने अवस्था सिर्जना भएपछि सरकार बजेट पारित गराउन दबाबमा परेको थियो। नयाँ आर्थिक वर्ष सुरु भए पनि बजेट पारित नहुँदा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।

spot_img

ताजा समाचार

लगातार पाँच कारोबार दिन बढ्यो नेप्से, परिसूचक २६२१ विन्दुमा

काठमाडौँ । नेपाली शेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ। साताको कारोबारका...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक...

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा...

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय सिवाकोटीको जित सुनिश्चित

काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडा र...