एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

Published on

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रविधि प्रयोग गरिने जानकारी दिएको हो । यससँगै प्रतियोगितामा अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने व्यवस्था लागू हुनेछ ।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताउनुभएको थियो । त्यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षण गरिएको र त्यसको शुद्धता मूल्याङ्कनपछि अन्तिम निर्णय लिइने उहाँले बताउनुभएको थियो । डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो । अम्पायरको निर्णयप्रति असहमति भएमा निर्धारित नियमअनुसार खेलाडीले रिभ्यू माग गर्न सक्छन् । यसले गलत निर्णय सच्याउन र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुर्‍याउँछ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्ल्यूको निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ । त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिनेछ । यसपटक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहायताले बल ब्याटमा लागेको वा नलागेको पहिचान गर्ने एज डिटेक्सन प्रणालीसमेत प्रयोग हुनेछ । साथै, वाइड बलको उचाइ, छक्काको दूरी तथा उचाइ मापन र बलिङसम्बन्धी अन्य विश्लेषणात्मक विवरण पनि उपलब्ध हुने क्यानले जनाएको छ ।

डीआरएसको प्रयोगले एनपीएलमा अम्पायरिङको शुद्धता बढाउनुका साथै खेलाडी र दर्शकलाई खेलका निर्णयबारे थप स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा समाचार

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

आईसीसीको मान्यतापछि एनपीएलमा कडा नियम, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको...