बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

Published on

काठमाडौँ – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै आउँदो हप्ता सम्भावित प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार उक्त प्रणाली कात्तिक ९ गते चक्रवातमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ। यसको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुन सक्ने अनुमान गरिएको छ।

नेपालमा कति वर्षा हुन्छ र त्यसबाट कस्तो जोखिम उत्पन्न हुन्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाले जनाएको छ। सम्भावित मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको र थप विवरण प्राप्त भएपछि सूचना अद्यावधिक गरिने महाशाखाले जनाएको छ।

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...