एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, साँझ ५ बजे खेल सुरु हुने

Published on

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आज प्रतियोगितामा एक मात्र खेल हुने तालिका रहेको छ। पोखरा एभेन्जर्सले यस संस्करणमा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम रोयल्स दोस्रो खेलमा मैदान उत्रँदैछ।

उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। त्यसैले सुदूरपश्चिम आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। पोखरा भने पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने प्रयासमा रहनेछ।

spot_img

ताजा समाचार

निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका भागे

काठमाडौं - ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि सिनेटर फ्लाभियो बोल्सोनारो पत्नी र दुई छोरीसहित...

खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको...

एनपीएलमा कर्णाली याक्सको पहिलो जित, जनकपुर १९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुआत गरेको...

एनपीएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको...