सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Published on

काठमाडौं – सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत गठित ‘सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति’ ले प्रतिस्पर्धात्मक प्रणालीमार्फत अध्यक्ष छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न योग्य व्यक्तिहरूसँग आवेदन माग गरेको हो ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई दरखास्त पेस गर्न आह्वान गरेको छ । अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले आगामी २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र आफ्नो दरखास्त बुझाइसक्नुपर्नेछ ।

दरखास्त फाराम, आवश्यक शैक्षिक योग्यता, अनुभव तथा आवेदनसँगै पेस गर्नुपर्ने अन्य कागजातसम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइटबाट प्राप्त गर्न सकिने समितिले जनाएको छ ।

इच्छुक उम्मेदवारले मन्त्रालयको www.moic.gov.np तथा सार्वजनिक सेवा प्रसारण संस्थाको www.psbnepal.gov.np वेबसाइटमार्फत आवश्यक सूचना र आवेदनसम्बन्धी विवरण प्राप्त गर्न सक्नेछन् ।

spot_img

ताजा समाचार

एनपीएल फाइनल: टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले बलिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम...

शान्ति सम्झौताको २० वर्ष पुग्दा पनि द्वन्द्वपीडितले न्याय पाएनन् : इन्सेक

काठमाडौं – विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण...

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स...

प्रधानमन्त्री बालेन शाह आइतबार भारत भ्रमणमा जाँदै, ३४ सदस्यीय टोली सहभागी हुने

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह पर्सि आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने भएको छ...