एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

Published on

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिक्वेलाले १७ बलमा २८ रन बनाए । त्यस्तै, डार्सी सर्टले १८ बलमा २१, अली शेखले १२ बलमा २४, रुबेन ट्रम्पलम्यानले २ बलमा अविजित ४ तथा सन्दीप जोराले ५ बलमा ४ रन बनाए । आशिफ शेख ४ बलमा १ रन बनाएर आउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे । अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ । लुम्बिनी लगातार दोस्रो पटक एनपीएल उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा छ ।

spot_img

ताजा समाचार

सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ...

एनपीएल फाइनल: टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले बलिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम...

शान्ति सम्झौताको २० वर्ष पुग्दा पनि द्वन्द्वपीडितले न्याय पाएनन् : इन्सेक

काठमाडौं – विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण...

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स...