२५ वटा हिमाल आरोहण गर्दै ८९९ जना आरोही

Published on

काठमाडौं, बैशाख १८ । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिई आधारशिविर पुगेका छन् । यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिए । यस महिना नेपालका हिमाल आरोहणका लागि आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना त्यसपछि युकेबाट १०६ जना, भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्याङक छ ।

२५ वटा हिमाल आरोहण गर्न १११ आरोहणदल छन् । विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको जनाएको छ । आरोहीसँग समन्वय गर्दै गैरकानुनी गविविधिको अनुगमन गर्न सरकारले कार्यालय नभएको क्षेत्रमा तत्कालका लागि सम्पर्क अधिकृत खटाउने गरेको छ । यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमती लिएको विभागको तथ्याङकमा उल्लेख छ । सगरमाथा आरोहणको तयारीसँगै आरोहण मार्ग चौथो क्याम्पमाथि पुगेको छ । यी हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपियाँ राजस्व सङ्कलन गरेको प्रवक्ता जिसिले जानकारी दिए । गोरखापत्र दैनिकबाट ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...