बाँकेको जमुनाहा नाका ७२ घण्टा बन्द गरिने

Published on

काठमाडौं १८ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । भारतको कतर्नियामा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भन्दै ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार निर्वाचनका बेला नाका सिल गर्नुका साथै दशगजा क्षेत्रमा कडाइ गरिनेछ । त्यस्तै, दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने, ४८ घण्टाअघि दुई देशका सीमाक्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले जानकारी दिए ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...