प्रधान सेनापतिद्धारा नवनियुक्त थल सेनाध्यक्षलाई बधाई

Published on

काठमाडौं २१ वैशाख । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सेनापति शर्माले भारतीय नवनियुक्त थल सेनाध्यक्ष मनोज पांडे, PVSM, AVSM, VSM, ADC लाई भारतीय थल सेनाध्यक्ष नियुक्त हुनुभएकोमा भिडियो कन्फरेन्स मार्फत बधाई तथा कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गरेका छन् ।
भारतीय थल सेनाध्यक्षसँग नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग थप उचाईमा पुग्ने विस्वास भिडियो कन्फरेन्स मार्फत गरिएको सेनाले बुधवार जारी गरेको प्रेस नोट मार्फत भनिएको छ ।
यस्तै प्रधान सेनापति शर्माले भारतीय थल सेनाध्यक्षलाई नेपाल भ्रमणको समेत निमन्त्रणा दिएका छन् । सोही क्रममा भारतीय सेनाध्यक्ष पांडेले नेपाल आउन स्वीकार गरेको र दुई सेनाबीचको आपसी समन्वय र पारस्परिक सम्बन्ध भविस्यमा थप प्रगाढ हुने विस्वास व्यक्त गरेको समेत सेनाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...