प्रधान सेनापतिद्धारा नवनियुक्त थल सेनाध्यक्षलाई बधाई

Published on

काठमाडौं २१ वैशाख । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सेनापति शर्माले भारतीय नवनियुक्त थल सेनाध्यक्ष मनोज पांडे, PVSM, AVSM, VSM, ADC लाई भारतीय थल सेनाध्यक्ष नियुक्त हुनुभएकोमा भिडियो कन्फरेन्स मार्फत बधाई तथा कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गरेका छन् ।
भारतीय थल सेनाध्यक्षसँग नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग थप उचाईमा पुग्ने विस्वास भिडियो कन्फरेन्स मार्फत गरिएको सेनाले बुधवार जारी गरेको प्रेस नोट मार्फत भनिएको छ ।
यस्तै प्रधान सेनापति शर्माले भारतीय थल सेनाध्यक्षलाई नेपाल भ्रमणको समेत निमन्त्रणा दिएका छन् । सोही क्रममा भारतीय सेनाध्यक्ष पांडेले नेपाल आउन स्वीकार गरेको र दुई सेनाबीचको आपसी समन्वय र पारस्परिक सम्बन्ध भविस्यमा थप प्रगाढ हुने विस्वास व्यक्त गरेको समेत सेनाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...