नगरकै नमूना वडा निमार्ण गर्छु : भीमदत्त १३ का स्वतन्त्र उम्मेद्धार झक्कास

Published on

शम्भु भट्ट, महेन्द्रनगर २३ वैशाख । २०४१ साल असोज अठार गते बिजया दशमीका दिन बुवा गणेश बहादुर बोहरा र आमा रिना देबि बोहराको कोखबाट जन्म भएका राम बहादुर बोहरा ( झक्कास ) । जन्मेको ६ महिना मै बुबाबाट टाढा भएका उनी १३ महिनामा आमाबाट समेत टाढा भए । बाबु वेपक्ता भएभने उनको आमाको स्वर्गवास हुनुभयो ।सामान्य हजुरबुबा बाट हुर्केका उनी पढाईमा एकदमै रुची राख्ने गर्दथे । पारिवारिक उतारचढावले गर्दा उनले पढ्न मन गरेपनि पढ्न पाएनन् ।
दैनिक जिवनयापन गर्नका लागि झक्कासले महाकाली नदिको बालुवा गिट्टी छान्ने कार्यबाट आफ्नो आय आर्जनको सुरुवात गरे । त्यसपछी रेडियो नेपाल दिपायलको क्यान्टिनमा , महेन्द्रनगरको बैतडी होटेलमा र पछि गएर भारतको दिल्लीमा काम गर्न थाले । २०५८ सालमा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक प्रती प्रभावित भएर झक्कासमा राजनैतिक चेतनाको बिकास भयो र उनी नेपाली काङ्ग्रेसमा आबद्ध भएर पार्टिका विभिन्न सभा सम्मेलनहरुमा उपस्थित हुन थाले । राजनीति संगै गाउँमा सानो किराना पसल र ठेक्का पट्टा ब्यवसाय गर्दै आएका झक्कास समाजलाई आपत बिपत पर्दा २४ सै घण्टा सेवामा खटिन तयार भएर लागेका हुन्छन् । २०७० सालको बाढीमा महाकालि नदिमा फसेका ५ जना ब्यक्तिहरुलाई कसैले उद्दार गर्न नसकेर झक्कास एक्लैले उद्दार गरेका थिए । उक्त उद्दार बाफत जिल्ला प्रशासनले झक्कासलाई नगद रु ५,००० समेत प्रदान गरेको थियोे । पछिल्ला बर्षहरुमा आएको बिश्वब्यापी कोरोना महामारीमा पनि झक्कासले समाजलाई सक्दो सहयोग गरेका थिए ।

समाजका आर्थिक , सामाजिक , शैक्षिक , धार्मिक क्षेत्रका मुद्दाहरूका लागि लडिरहने झक्कासलाई बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टिबाट वार्ड अध्यक्षमा लड्ने योजना थियो तर अन्तिममा आएर पार्टिले टिकट अर्कै ब्यक्तिलाई टिकट प्रदान गरेपछि झक्कास अहिले स्वतन्त्र उम्मेद्बारी दर्ता गराएर पुतली चुनाव चिन्ह लिएर घरदैलो अभियानमा छन् । सर्बसाधारण जनताहरु स्वस्फूर्त रुपमा झक्कासको प्रचारप्रसारमा लागि रहेका छन । पुतली फुलको गहना हो, झक्कास हाम्रो चाहना हो भन्ने नारा लगाउदै झक्कासको जित सुनिश्चित भन्दै आईरहेका छन ।

झक्कासले स्वतन्त्रमा उम्मेदवारी चयन गरेपछि आफू जनताबाट निर्बाचित भएमा वार्डमा शिक्षा , स्वास्थ्य , सञ्चार , यातायात , बिजुली , सहकारी , धार्मिक क्षेत्रहरुमा दिगो परिवर्तन ल्याएर समग्र वडालाई नमुना बनाउने अभियानमा लागेका छन् । उनले उम्मेदवारी दर्ता गराएपछि चुनाव जितेको अवस्थामा वडालाई भीमदत्त नगरपालिका एउटा नमुना वडा निमार्ण बनाउने योजना बनाएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...