प्रधान सेनापति प्रभुराम शर्मा निरीक्षण भ्रमणमा

Published on

काठमाडौं २३ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले काभ्रेपलाञ्‍चोक जिल्ला, रोहिणी भञ्‍ज्याङ्गस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा संचालित विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिताको निरीक्षण गरेका छन् ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तीका अनुसार उनले ३०० र ५०० मिटर रेञ्‍जमा स्नाइपर हतियारबाट फायरिङ्ग,Fox Hole,स्नाइपर मचान तथा विशेष फौज बाहिनी अन्तर्गतका युनिटहरुले प्रदर्शन गरेका विशेष अपरेशन सम्बन्धी कारवाहीको डेमोन्स्ट्रेशनको अवलोकन समेत गरेका छन् ।
यसैगरी प्रधान सेनापति शर्मालगायत नेपाली सेनाका रथीवृन्दहरुको सहभागितामा पेस्तोलबाट फायरिङ्ग प्रतियोगिता संचालन समेत गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै सेनापति शर्मा निरिक्षणकै क्रममा रहेका बेला उनले नगरकोटस्थित श्री नेपाली सैनिक वार कलेजको निरिक्षण समेत गरेका छन् । दुई दिने निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति शर्मा भोली भक्तपुर जिल्ला, लप्टनडाँडास्थित श्री नं ७ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...