प्रधान सेनापति प्रभुराम शर्मा निरीक्षण भ्रमणमा

Published on

काठमाडौं २३ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले काभ्रेपलाञ्‍चोक जिल्ला, रोहिणी भञ्‍ज्याङ्गस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा संचालित विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिताको निरीक्षण गरेका छन् ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तीका अनुसार उनले ३०० र ५०० मिटर रेञ्‍जमा स्नाइपर हतियारबाट फायरिङ्ग,Fox Hole,स्नाइपर मचान तथा विशेष फौज बाहिनी अन्तर्गतका युनिटहरुले प्रदर्शन गरेका विशेष अपरेशन सम्बन्धी कारवाहीको डेमोन्स्ट्रेशनको अवलोकन समेत गरेका छन् ।
यसैगरी प्रधान सेनापति शर्मालगायत नेपाली सेनाका रथीवृन्दहरुको सहभागितामा पेस्तोलबाट फायरिङ्ग प्रतियोगिता संचालन समेत गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै सेनापति शर्मा निरिक्षणकै क्रममा रहेका बेला उनले नगरकोटस्थित श्री नेपाली सैनिक वार कलेजको निरिक्षण समेत गरेका छन् । दुई दिने निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति शर्मा भोली भक्तपुर जिल्ला, लप्टनडाँडास्थित श्री नं ७ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...