घाइतेलाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार

Published on

काठमाडौं ३० वैशाख । नेपाली सेनाले मतदान केन्द्रमा भएको झडपबाट घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेको छ । शुक्रवार निर्वाचनको क्रममा हुम्ला जिल्ला स्थित चंखेली गाउँपालिका –२ महादेव मा. वि. मतदान केन्द्रमा झडप हुँदा घाइते भएका कार्यालय सहयोगी काला रोकायालाई सेनाले हेलिकप्टरद्धारा उद्धार गरेको हो ।
झडपमा परि टाउकोमा चोट लागेका रोकायाको अवस्था गम्भिर भएपछि प्रादेशिक अस्पताल सुर्खेत लैजान तयार पारिएका उनलाई सेनाको NA -061 Bell हेलिकप्टर मार्फत झडप भएको स्थानबाट सुर्खेत एयरपोर्ट सम्म सेनाले हेलिकप्टर मार्फत ल्याएको हो ।
यसैगरी शुक्रवारकै दिन हृदयघातका कारण ज्यान जोखिममा रहेका शसस्त्र प्रहरी बलका प्र. ना. उ. लक्ष्मण थापाको समेत सेनाले हेलिकप्टर मार्फत उद्धार भएको छ । सेनाको तर्फबाट पाइलट प्रमुख सेनानी दिप ध्वज खड्काको कमाण्डमा पाइलट सह सेनानी अच्युत राज पाठक सहितको टोलीले थापालाई धनगढि रंगशालाबाट नेपालगञ्ज एयरपोर्ट सम्म पुगाइएको समेत सेनाले जनाएको छ । यो सँगै निर्वाचनकै दिन गोली लागि घाइते भएकी मनिसा थापा मगरलाई समेत सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...