नेपाल र भारतबीच पाँच वटा समझदारीपत्रमा हस्ताक्षर

Published on

काठमाडौं २ जेठ । नेपाल र भारतका प्रधानमद्वय शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रको पूर्ण विवरण

१। लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

२। सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

३। काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।

४। काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।

५। अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता ।

यसैबीच, भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । नेपालको एकदिने भ्रमणको क्रममा सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...