बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार : मन्त्री बडू

Published on

कञ्चनपुर २ जेठ । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविस्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन् ।
लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले शिलन्यास गरेर शिलन्यासमै सिमित रहेको दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको समेत मन्त्री बडूले बताएका छन् ।
लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै उहाँले आगामी आर्थिक बर्षको बजेटमार्फत यी दुई आयोजनालाई सरकारले समेट्ने पनि उनले बताए ।
यस्तै दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसंगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउँद, उद्योग सचिब गणेश प्रसाद पाण्डेयले स्थलगत अनुगमन समेत गरेका छन् ।
उक्त क्षेत्र अनुगमनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशिय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएको भन्दै बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने उनले बताए ।
उहाँले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्न भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब दु्रत गतिमा अगाढी बढ्छ विस्वास व्यक्त गरे । उद्योग वाण्ज्यि तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा मन्त्री बडूले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु ७ अर्व लागत अनुमान समेत गरिएको जानकारी दिए । बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगोको लाग्ने चरणमा रहेको अवस्था छ । समयमै सबै काम टुङ्गो लाग्यो भने बन्दरगाह सँगै औद्योगिक क्षेत्रको कामले समेत गति लिनेछ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...