सेनाद्धारा बेलीबृज निमार्ण : प्रधान सेनापतिद्धारा समुद्घाटन

Published on


काठमाडौं ५ जेठ । नेपाली सेनाद्धारा बेलीबृज निमार्ण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा गोरखा जिल्ला स्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक अन्तर्गत माछा खोलामा निमार्ण सुरु गरिएको बेलीबृजको निमार्ण सेनाद्धारा सम्पन्न भएको हो ।
सेनाद्धारा निमार्ण गरिएको बेलीबृजको प्रधान सेनापति प्रभुराम शर्माले विहिवार समुद्घाटन गरेका छन् । समुद्घाटन कार्यक्रम पश्चात प्रधान सेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण सँगै आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी लिएकोसेनाले जनाएको छ ।
समुद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पु¥याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास सेनाले लिएको छ ।

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...