सेनाद्धारा बेलीबृज निमार्ण : प्रधान सेनापतिद्धारा समुद्घाटन

Published on


काठमाडौं ५ जेठ । नेपाली सेनाद्धारा बेलीबृज निमार्ण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा गोरखा जिल्ला स्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक अन्तर्गत माछा खोलामा निमार्ण सुरु गरिएको बेलीबृजको निमार्ण सेनाद्धारा सम्पन्न भएको हो ।
सेनाद्धारा निमार्ण गरिएको बेलीबृजको प्रधान सेनापति प्रभुराम शर्माले विहिवार समुद्घाटन गरेका छन् । समुद्घाटन कार्यक्रम पश्चात प्रधान सेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण सँगै आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी लिएकोसेनाले जनाएको छ ।
समुद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पु¥याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास सेनाले लिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...