निवर्तमान नगरप्रमुख चन्दले गरे सम्पत्ति विवरण सार्वजनिक

Published on

काठमाडौं ६ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिकामा निर्वतमान नगरप्रमुख अशोक कुमार चन्दले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । निर्वतमान नगरप्रमुख चन्दले प्रेस विज्ञप्ती जारि गर्दै उनले भनेका छन् “नेपाली जनताको ठूलो त्याग, संघर्ष एवं जनक्रान्तिद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात राज्य पुर्नसंरचना पछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा मलाई बेदकोट नगरपालिकाको लोकप्रिय मतका साथ नगरको संस्थापक प्रथम (पहिलो) नगर प्रमुख पदमा विजय गराई समग्र नगरबासीको सेवा गर्ने अवसर प्राप्त भएको थियो, यस दौरान आफूले सक्दो प्रयास गरी समृद्ध बेदकोट बनाउने अभियानमा पारदर्शी, निष्पक्ष र समानतामुलक ढंगले लागेको कुरा जगजाहेर नै छ ।” निवर्तमान प्रमुख चन्दद्धारा विज्ञप्तीमा भनिएको छ, “जनप्रतिनिधि जनताको शासक होइन्, सेवक हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै यस अवधिमा नगर प्रमुख पदमा बहाल रहदाको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छुँ ।”
निर्वमान नगरप्रमुख अशोक कुमार चन्दले गरेको सम्पत्ति विवरण
२०७४ असार २० गते नगर प्रमुखमा निर्वाचित भई २०७९ जेठ ५ गतेसम्ममा पदमा बहाल रहेपछिको सम्पत्ति विवरण ।
अचल सम्पत्तिकोे विवरण
१–बेदकोट नगरपालिका वडा नं. ४ विजयनगर (बगुन) मा पक्की घरसहित ३ बिघा जग्गा सगोलमा रहेको
स्रोत : पैत्रिक सम्पत्ति
२–बेदकोट नगरपालिका–३ दैजीमा ३ कठ्ठा जग्गा र पक्की घर । स्रोत : श्रीमती विन्देश्वरी चन्द (शिक्षिका) को तलबबाट २०६७ सालमा खरिद गरी घर निर्माण भएको ।
३–बैतडी जिल्ला साबिक भौनेली गाबिस (हाल सुर्नया गाउँपालिका) मा ४ ठाउँमा रहेको घर समेत गरी ३८ रोपनी आठ आना जग्गा रहेको ।
स्रोत : पैत्रिक सम्पत्ति ।
सवारी साधन
१– दुई वटा मोटरसाइकल ।
२–एउटा स्कुटी ।
चल सम्पत्तिको विवरण
नगद, सुन, चाँदी
सुन १० तोला
चाँदी ३२ तोला स्रोतः पैत्रिक सम्पत्ति
नगद १५,०००÷–
बैंक खाता : एनआइसी एसिया बैंकमा १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा बैंक खातामा रहेको ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...