काठमाडौं ६ जेठ । विक्रम सम्वत २०७२ मा नेपालमा नेपालको संविधान २०७२ जारी भयो । संविधान जारी पछि मुलुक एकात्मक राज्य प्रणाली बाट संघिय राज्य प्रणालीमा परिवर्तन भयो । संविधान जारी भएको दुई वर्षपछि देशभर पहिलो स्थानिय निर्वाचन सम्पन्न भयो । सिहंदरवारको अधिकार गाउँगाउँमा भन्ने मुलनारा वोकेको संविधान जारी पछि देशभरका ७ सय ५३ स्थानिय तहले निर्वाचित जनप्रतिनिधिको नेतृत्व पायो ।
निर्वाचित नेतृत्व पाएको अहिले पाँच वर्ष वितेको छ । हालसालै देशभर दोस्रो स्थानिय तहको निर्वाचन पनि सम्पन्न भएको अवस्था छ । देशभर संविधान जारि सँगै पहिलो निर्वाचन पश्चात गठन भएको स्थानिय तहमा विभिन्न विरोध तथा आन्दोलनका कार्यक्रम भए । त्यसमा केही नागरिक स्थरबाट भएको भन्ने सुनिन्थ्यो भने केही अन्य क्षेत्रबाट । नागरिकको आधारभुत आवश्यकतालाई ध्यानमा राखेर स्थानिय तहले काम नगरेको तथा आर्थिक अनियमितता गरेको भन्दै विभिन्न समयमा देशका विभिन्न स्थानिय तहले गएको पाँच वर्ष यस्तै विताए । तर कञ्चनपुरको बेदकोट नगरपालिकामा भने त्यस्तो केही भएन । नगरमा निर्वतमान नगरप्रमुख अशोक कुमार चन्द सहितको निर्वाचित टिम आएपछिको समयदेखि हालसम्मको समयसम्म आइपुग्दा नगरले गर्ने काम कारवाहीमा कुनै किसिमको वाधा नभएको अवस्था छ ।
निर्वतमान नगरप्रमुख अशोक कुमार चन्दले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “२०७४ स्थानीय तह बेदकोट नगरपालिकाको निर्वाचनमा मैले सम्मानित जेष्ठ नागरिक आमा बुवा सङ्ग आर्शिवाद मागे, महिला दिदिबहिनी सङ्ग स्नेह मागे, युवा साथीहरू सङ्ग आशा होइन विश्वास मागे।तपाईं सबै मतका पछाडी मेरो ईमानदारीता रहन्छ, भन्ने बिश्वास दिलाए ।” चन्दले थपेका छन्, “५ वर्षको अबधीमा नगरपालिकामा कुनै बिबाद भएन, बिबादास्पद कुरामा कहिले पनि परिएन, सबैको साथ र सहयोग प्राप्त गरियो र हामीले उत्साहित भएर काम गर्याै ।”
यस्तै सामाजिक सञ्जाल मार्फत उनले आफ्नो कार्यकालमा श्रोत साधनले भ्याए सम्म नगरको विकास निमार्णमा काम गरेको जनाएका छन् । यस्तै नागरिकका अपेक्षा अत्यधिक र अधिक रहेको र श्रोत साधन सिमित रहेको भन्दै समय पनि सिमित रहेकोले नागरिकले सोचेको खोजेको जस्तो गर्न नसकेकोमा उनले सामाजिक सञ्जालबाटै नगरबासीमा माफी मागेका छन् । यो सँगै निर्वतमान नगरप्रमुख चन्दले आफू पदमा हुँदा या नहुँदा नगरबासीको सेवामा सधैं एकवद्ध भएर लाग्ने समेत बताएका छन् ।
“म जन्मे पछि हुर्के यहीँ, पढे यहीँ , केही गरे यहीँ , मर्ने यहीँ , केही गरि अचानक अन्तै मरे पनि जल्ने यहीँ ।” उनले भने, “यो मेरो प्रण हो यस क्षेत्रको विकास र समृद्धिका लागि म पदमा भए पनि म पदमा नभए पनि, कुनै भुमिका रहे पनि नरहे पनि निरन्तर बिकास र समृद्धिको यात्रा अबिचलित भएर नगरवासीको हितको लागि अघि बढी रहनेछु ।”
अगामी दिनहरुमा पनि समग्र नगरवासिको सुझाव सल्लाह र सहयोग बाटै अगाडी बढ्ने संकल्प समेत उनले व्यक्त गरेका छन् ।
जसको पाँच वर्षे कार्यकाल सव्य र भव्य रह्यो
Published on
