विमान दुर्घटनाका मृतकको शव आज हस्तान्तरण

Published on

काठमाडौं १९ जेठ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।१४ हजार पाँच सय फिटको उचाइमा दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...