मनमोहन प्राविधिक विश्वविद्यालयलाई सेनाले दियो हेलिकप्टर

Published on

काठमाडौं २० जेठ । नेपाली सेनाको स्वामित्वमा रहेको एनए(०३९ हेलिकप्टर प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिइएको छ। विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाले हेलिकप्टर दिइएको हो।

हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास महन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरिएको हो। उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गर्नेछन्। भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको उक्त हेलिकप्टर २०५८ साल मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको थियो।

नेपाली सेनाले विश्वविद्यालयले हेलिकप्टरबाट प्राविधिक ज्ञान अभिवृद्धि गर्ने विश्वास लिएको छ। हेलिकप्टर हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविश्लायका कुलपति डा। सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुंगेललगायत सहभागी थिए।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...