अन्तराष्ट्रिय स्थरमा विश्व विद्यालयको पहिलो कार्यक्रम

Published on

महेन्द्रनगर जेठ २१ । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा अन्तराष्ट्रिय स्थरमा पहिलो स्कलर्ली पब्लिकेसिङ्ग समर ईन्स्टिच्युट कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाउन विश्वविद्यालयमा अन्तराष्ट्रिय स्थरमा पहिलो दुई दिने अन्तराष्ट्रिय कार्यक्रम स्कलर्ली पब्लिकेसिङ्ग समर ईन्स्टिच्युट सम्पन्न भएको हो ।
विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्नको लागि अनुसन्धान मुलक गतिविधि बढाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्ने गरि जेठ १९ र २० गते गरी दुई दिने कार्यक्रम सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार अनुसन्धान गर्दा विश्वविद्यालयको तर्फबाट अनुसन्धान कृति र पुस्तक प्रकाशन के कसरी गर्ने, नयाँ अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान कृतिलाई गुणस्तरिय बनाउन गर्नुपर्ने तथा अपनाउनु पर्ने भुमिका लगायत विषयमा कार्यक्रमको प्राथमिकता रहेको थियो ।
कार्यक्रममा विश्वविद्यालयले १ सय ४५ जना आफ्ना क्याम्पसमा कार्यरत प्राध्यापकलाई कार्यक्रममा सहभागी गराएको विश्वविद्यालयले जनाएको छ ।
अनलाइन र भौतिक रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयका कार्यरत प्राध्यापक डा. सन्तोष खड्का, डा. जे.सी.ली., डा. व्रडी टलुमेला, डा. भुषण अर्याल, डा. इश्वरी पाण्डे, श्याम पाण्डे, डा. राजेन्द्र पङ्गेनी, डा. चेतनाथ गौतम, र डा. देव जैसीले अनुसन्धानका विविध विधामा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै अमेरिका र नेपालका विश्वविद्यालयमा अनुसन्धान गतिविधि बारे अनुभव व्यक्त गरे । विश्वविद्यालयले हाल सम्म आयोजना गरेको कार्यक्रम भन्दा यो कार्यक्रम अन्तराष्ट्रिय तवरमा पहिलो कार्यक्रम भएको समेत विश्वविद्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...