अन्तराष्ट्रिय स्थरमा विश्व विद्यालयको पहिलो कार्यक्रम

Published on

महेन्द्रनगर जेठ २१ । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा अन्तराष्ट्रिय स्थरमा पहिलो स्कलर्ली पब्लिकेसिङ्ग समर ईन्स्टिच्युट कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाउन विश्वविद्यालयमा अन्तराष्ट्रिय स्थरमा पहिलो दुई दिने अन्तराष्ट्रिय कार्यक्रम स्कलर्ली पब्लिकेसिङ्ग समर ईन्स्टिच्युट सम्पन्न भएको हो ।
विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्नको लागि अनुसन्धान मुलक गतिविधि बढाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्ने गरि जेठ १९ र २० गते गरी दुई दिने कार्यक्रम सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार अनुसन्धान गर्दा विश्वविद्यालयको तर्फबाट अनुसन्धान कृति र पुस्तक प्रकाशन के कसरी गर्ने, नयाँ अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान कृतिलाई गुणस्तरिय बनाउन गर्नुपर्ने तथा अपनाउनु पर्ने भुमिका लगायत विषयमा कार्यक्रमको प्राथमिकता रहेको थियो ।
कार्यक्रममा विश्वविद्यालयले १ सय ४५ जना आफ्ना क्याम्पसमा कार्यरत प्राध्यापकलाई कार्यक्रममा सहभागी गराएको विश्वविद्यालयले जनाएको छ ।
अनलाइन र भौतिक रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयका कार्यरत प्राध्यापक डा. सन्तोष खड्का, डा. जे.सी.ली., डा. व्रडी टलुमेला, डा. भुषण अर्याल, डा. इश्वरी पाण्डे, श्याम पाण्डे, डा. राजेन्द्र पङ्गेनी, डा. चेतनाथ गौतम, र डा. देव जैसीले अनुसन्धानका विविध विधामा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै अमेरिका र नेपालका विश्वविद्यालयमा अनुसन्धान गतिविधि बारे अनुभव व्यक्त गरे । विश्वविद्यालयले हाल सम्म आयोजना गरेको कार्यक्रम भन्दा यो कार्यक्रम अन्तराष्ट्रिय तवरमा पहिलो कार्यक्रम भएको समेत विश्वविद्यालयले जनाएको छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...