भगवान् शिवसँग विवाह गर्न खोज्दै यी ‘पार्वती’ नेपाल, भारत, चीन त्रिदेशीय सीमा कैलाशमा तपस्या

Published on

काठमाडौं २१ जेठ । मान्छेका इच्छा र चाहना थरिथरिका हुन्छन् । कतिपय अवस्थामा मान्छे असम्भवजस्ता लाग्ने इच्छालाई पनि पूरा गर्न खोज्छ । भारतको लखनउकी महिला हरमिन्दर कौर भगवान् शिवसँग विवाह गर्ने चाहना बोकेर कैलाश मानसरोवर पुगेकी छन् ।
नेपाल, भारत र चीनको त्रिदेशीय सीमा गुञ्जी क्षेत्र नजिकको पर्वतमा पुगेर ती महिलाले तपस्याको प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूलाई पार्वतीको अवतार मानेको र शिवजीको खोजीमा हिँडेको बताएकी छन् ।
ती महिला पुगेको कैलाश पर्वत नेपालको दार्चुला र भारतको धार्चुला सीमा क्षेत्रमा पर्छ । धार्चुलाका एसडीएमबाट १५ दिनको अनुमति लिएर कैलाश पुगेकी महिला उतै तपस्यामा लागेकी छन् । गत २५ मईका दिन उनको अनुमति अवधि सकिएको छ ।
अनुमति सकिएपछि घर फर्किन उनलाई सुरक्षाकर्मीले आग्रह गरेपनि उनले शिवजीसँग बिहे गरेर छाड्ने, आफू घर नफर्किने र जबरजस्ती गरेमा आत्महत्या गर्ने अडान लिएकी छन् ।

ती महिलाको धम्कीपछि भारतीय सुरक्षाकर्मीले पूर्व तयारीसहित सुरक्षा दस्ता बढाएर उनलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको समाचारमा उल्लेख छ । एजेन्सी ।

ताजा समाचार

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि...

तापलहरको छैन मापदण्ड

काठमाडौं । तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप...

सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष...

दुई मासु पसललाई जरिवाना

काठमाडौं । बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको...