दुर्गम बस्ती मलासमा मन्त्र हस्पिटलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Published on

महेन्द्रनगर २२ जेठ । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले दुर्गम बस्ती मलासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका ७ स्थित मलास क्षेत्रमा मन्त्र हस्पिटलले एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । महेन्द्रनगर सदरमुकामबाट नजिक रहेको मलास क्षेत्रका स्थानिय नागरिककोे स्वास्थ्य उपचार सहज होस् भन्दै हस्पिटलले निशुल्क स्वास्थ्य शिविर चलाएको थियो ।
स्वास्थ्य शिविरमा मलास क्षेत्रका कसान, रैचिनी, नाउला, भुमिथला, बड्डीमलास, पिपलकोट, तालिगडा, बस्नेवटा, ददिगडा, खोरिया, काजिँगडा र गैरिखान गाउँ सम्मका झण्डै ६ सय घरधुरीलाई लक्षित गर्दै हस्पिटलले सेवा प्रदान गरेको हस्पिटलले जनाएको छ ।
“यस क्षेत्रका स्वास्थ्य उपचारबाट टाढा रहेका स्थानिय नागरिकको स्वास्थ्य उपचार गर्ने हस्पिटलको उदेश्य थियो, तरपनि हामीले डेढ सय बिरामीलाई चेकजाँच गरि निशुल्क औषधी वितरण गरेर सेवा प्रदान गर्ने मौका पाएको अवस्था छ ।” मन्त्र हस्पिटलका एमडी डा. गोविन्द रोकायाले भने, “यस क्षेत्रका स्थानियको धेरै जसो रोग च्याप्ने र केही रोग भएपनि मनमै दबाउने तथा पचाउने धेरै पाइएको छ ।” उपचार गर्दा हामीले दिने सल्लाह दिएर उहाँहरुलाई थप स्वास्थ्य उपचार निशुल्क रुपमै गर्न आउँदो दिनमा पनि हस्पिटलले प्रयास गर्ने उनले बताए ।
हस्पिटलको ३ जना डाक्टर लगायतको टोली शनिवार मलास क्षेत्र गएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...