जिल्ला खेलकुद समितिद्धारा पालिका संग बजेट विनियोजन र समन्वयका लागि भेटघाट

Published on

विकास सिंंह महता / महेन्द्रनगर २४ जेठ । कञ्चनपुर जिल्ला खेलकुद समितिद्धारा कञ्चनपुर जिल्लामा रहेका पालिका संग बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक भेटघाट गरेका छन् । सोमबार जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना ,बेलौरी नगरपालिका उपप्रमुख जोग राम चौधरी ,पुनर्वास नगरपालिका प्रमुख तोय नाथ शर्मा,उप प्रमुख भुलिया कुमारी राना र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना लाई खेलकुद गतिविधि लाई अगाडि बढाउनका लागि आवश्यक बजेट विनियोजन र जिल्ला खेलकुद विकासमा समन्वय र सहयोगका लागि भेटघाट गरि पत्र बुझाएका छन् पालिका प्रमुख र उपप्रमुखले भने ‘खेलाडीका लागि पहिला आवश्यक खेलमैदान बनाउनका लागि पहल कदमी अगाडि बढाउने र आगामी आर्थिक वर्षमा खेलाडीको हितमा रहेर बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता गरेका छन् ।

पालिकाहरुमा रहेका विद्यालयका लाई समन्वय गरेर राष्ट्रपति रनिङ सिल्डका लागि पहल कदमी समेत अगाडि बढाउनका लागि समेत पालिका लाई समेत आग्रह गरेका छन् । जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडका, उपाध्यक्ष कैलाश चन्द गिरि, सदस्य धन बहादुर महता, बिष्नु जैसी महिला सदस्य दुर्गा देवी भट्ट, प्रशिक्षक प्रमुख बिमल खडायत, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायतको टिमले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधि संग भेटघाटगरी बधाई पनि दिएका छन ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...