नाइजेरियाको एनडीसी टोलीद्वारा जंगी अड्डाको भ्रमण

Published on

काठमाडौं २४ जेठ । नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचेनुले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।

भ्रमणदललाई लक्षित गरी जंगी अड्डामा नेपाली सेनासँग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो । भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित श्रीमध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित श्रीवीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण सम्पन्‍न गरेको थियो ।

मित्रराष्ट्रका सैनिकबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं मजबुत पार्न थप मद्दत पुग्ने र दुई देशबीच आपसी हित तथा पारस्परिक सम्बन्ध सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ नाइजेरियन टोली जेठ २८ गते स्वदेश फर्किनेछ ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...