लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो

Published on

रसुवा, २४ जेठ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।

निकुञ्जको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८र९ को १० महिनामा साढे १५ हजार पर्यटक निकुञ्ज भित्रिएका छन् । कार्यालयअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म १५ हजार ६४१ पर्यटक आएका हुन् । जसमा १३ हजार १२० नेपाली, दुई हजार ३८८ विदेशी र सार्क राष्ट्रका १९३ पर्यटक छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९०का कारण दुई वर्षसम्म पर्यटक आउने क्रम घटेको थियो । कोरोनाको सङ्क्रमण रोकथामका लागि देशमा लकडाउन भएपछि पर्यटक आउने क्रम शून्यमा झरेको थियो । पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले धेरै खर्च गर्दछन् । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि हजारौं पर्यटक आउने गरेका छन् । निकुञ्जमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन र अवलोकन गर्न पुग्ने गर्दछन् ।

साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् । हरेक वर्षको असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बा¥है महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरूमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, बेलायत, कोरिया, रुस, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । यसअघि निकुञ्जमा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेकोमा अहिले गोसाइँकुण्डमा जानेको सङ्ख्या बढेको छ ।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमशृङ्खला, गोसाइँकुण्डलगायतका विभिन्न कुण्ड, ऐतिहासिकस्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ । गोरखापत्र ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...