पदिक तथा हुद्धा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

Published on

काठमाडौं २४ जेठ । भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरेका अधिकृत क्याडेटहरुलाई प्रधान सेनापति प्रभुराम शर्माले ६२ जना पदिक/हुद्धा अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन् । फोटो फिचर ।

प्रधान सेनापति महारथी शर्माले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुभएकोमा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान अधिकृत क्याडेटहरुले देखाउनु भएको शारीरिक र मानसिक सहनशीलता, समर्पण भाव, उच्च आत्मविश्वास, कठिन परिश्रम र दृढताको प्रशंसा गरेका छन् । उक्त कार्यक्रममा उनले नेपाली सेनाले संविधान प्रदत्त प्रमुख जिम्मेवारीको अलावा विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक(सैनिक सम्बन्ध बिस्तार र अप्रत्यासित रुपमा आईपर्ने राष्ट्रिय संकटहरुमा नेपाली जनतासँग काँधमा काँध मिलाउँदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको र विगत देखि नै स्वदेश तथा विदेशमा पुर्‍याएको योगदानकै आधारमा नेपाली सेनाले वर्तमानमा पनि व्यावसायिक र मर्यादित संगठनको रुपमा बिम्ब स्थापना गर्न सकेको समेत बताए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...