प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Published on

काठमाडौं २५ जेठ । नेपाल सरकार, मन्त्रीपरिषद्को २३ गतेको निर्णय अनुसार नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथीलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथी दिपक कुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकाललाई प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यो सँर्गै पदोन्नती हुनु भएका उपरथी दिपक कुमार बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष,उपरथी होमनाथ दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी यामप्रसाद ढकाल युद्ध(मद्दती तथा युद्ध(सेवा मद्दती विभागका विभागीय प्रमुखमा समेत नियुक्त भएका छन् ।


यो सँगै सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका २ जना महा सेनानीहरुलाई प्रधान सेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...