प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Published on

काठमाडौं २५ जेठ । नेपाल सरकार, मन्त्रीपरिषद्को २३ गतेको निर्णय अनुसार नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथीलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथी दिपक कुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकाललाई प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यो सँर्गै पदोन्नती हुनु भएका उपरथी दिपक कुमार बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष,उपरथी होमनाथ दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी यामप्रसाद ढकाल युद्ध(मद्दती तथा युद्ध(सेवा मद्दती विभागका विभागीय प्रमुखमा समेत नियुक्त भएका छन् ।


यो सँगै सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका २ जना महा सेनानीहरुलाई प्रधान सेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...