बाजुराको बूढीगङ्गामा असार २३ गने पुनःनिर्वाचन

Published on

काठमाडौं ३ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ । विहीबार बसेको सर्वपक्षीय बैठकमा सहमती भएपछि असार २३ गते निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एमाले ले सर्वोच्च अदालतमा दिएको मुद्दाको कम्तीमा एक पटक सुनुवाइ सुन्ने गरी बैठक सार्नु पर्ने एमालेले माग राख्दै आएका थियो । जनप्रतिनिधि विहीन हुँदा बूढीगङ्गा नगरपालिकाका स्थानीयको काम कार्य सहजमा भएकोले समयमै निर्वाचन हुनुपर्ने काँग्रेसको मागको थियो ।

सर्वदलीय बैंठकले असार २३ गते निर्वाचनको समय तोकिएपछि स्थानीयले बल्ल जनप्रतिनिधि पाउँने आशा राखेका छन् । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तह मध्ये बूढीगङ्गा नगरपालिकामा फर्जि मत हाल्ने विषयमा धाँधली हुँदा यहाँको मतगणना रोकिएको थियो ।

काँग्रेस र एमालेले आफ्नो पहुँचका मतकेन्द्रमा एकलौटी मत प्रयोग गरेपछि मतगणना रोकिएको थियो । बूढीगङ्गा नगरपालिकाको २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यक्रताले एकलौटी मतदान गरेपछि धाँधली भएको स्थानीयले बताएका छन् ।बाजुरामा अहिले दुइ नगर तीन गाउँपालिका एमालेको जित भएको छ भने एक नगरपालिका र दुइ गाउँपालिका काँग्रेसले जितेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...