बाजुराको बूढीगङ्गामा असार २३ गने पुनःनिर्वाचन

Published on

काठमाडौं ३ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ । विहीबार बसेको सर्वपक्षीय बैठकमा सहमती भएपछि असार २३ गते निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एमाले ले सर्वोच्च अदालतमा दिएको मुद्दाको कम्तीमा एक पटक सुनुवाइ सुन्ने गरी बैठक सार्नु पर्ने एमालेले माग राख्दै आएका थियो । जनप्रतिनिधि विहीन हुँदा बूढीगङ्गा नगरपालिकाका स्थानीयको काम कार्य सहजमा भएकोले समयमै निर्वाचन हुनुपर्ने काँग्रेसको मागको थियो ।

सर्वदलीय बैंठकले असार २३ गते निर्वाचनको समय तोकिएपछि स्थानीयले बल्ल जनप्रतिनिधि पाउँने आशा राखेका छन् । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तह मध्ये बूढीगङ्गा नगरपालिकामा फर्जि मत हाल्ने विषयमा धाँधली हुँदा यहाँको मतगणना रोकिएको थियो ।

काँग्रेस र एमालेले आफ्नो पहुँचका मतकेन्द्रमा एकलौटी मत प्रयोग गरेपछि मतगणना रोकिएको थियो । बूढीगङ्गा नगरपालिकाको २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यक्रताले एकलौटी मतदान गरेपछि धाँधली भएको स्थानीयले बताएका छन् ।बाजुरामा अहिले दुइ नगर तीन गाउँपालिका एमालेको जित भएको छ भने एक नगरपालिका र दुइ गाउँपालिका काँग्रेसले जितेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...