मोदी सरकारले अग्निपथ योजना ल्याएपछि भारतमा विरोध

Published on

काठमाडौं ३ असार । भारतमा मोदी सरकारले छोटो अवधिका लागि सेनामा भर्ती हुने अग्निपथ योजना ल्याएपछि विरोध सुरु भएको छ । भारतका युवाहरुले देशव्यापी विरोध सुरु गरेका छन् । सेनामा ४ वर्षे सेवा अवधिको योजना ल्याइएपछि युवाहरुले देशव्यापी विरोध स्वरुप प्रर्दशन गरिरहेका छन् । मोदी नेतृत्वको सरकारले भारतीय सेनामा ४ वर्षका लागि भर्ना लिने र त्यसपछि अवकाश दिने ‘अग्निपथ’ नामक सैन्य भर्ना कार्यक्रम सार्वजनिक गरेको थियो । छोटो अवधिका लागि भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै सेनामा स्थायी जागिरको अवसर पाउनेछन् । बाँकीले अन्यको हकमा भने जागिरको अवसर हुनेछैन । भारतले आफ्नो बजेटको ठूलो हिस्सा सुरक्षा क्षेत्रमा खर्चिने गर्छ । सुरक्षामा लगाइएको बजेटमध्येको ठूलो हिस्सा सैनिकको पेन्सनमा खर्च हुने गर्छ । सरकारले पेन्सनका लागि दिइने रकम घटाउन र कम खर्चमा ठूलो संख्यामा सैनिक भर्ती गर्नका लागि नयाँ योजना ल्याएपछि रुष्ट युवाहरूले विरोध थालेका हुन् ।
भारतको हालको रक्षा बजेट ६ लाख करोड रुपैयाँ छ । त्यसमा १ लाख २० हजार करोड पेन्सन वितरणमा खर्च हुने गरेको छ । र, दिन प्रतिदिन पेन्सनको व्ययभार बढ्दै गएको छ । यस वर्ष ४६ हजार युवालाई छोटो अवधिको सैनिक भर्ना गर्ने सरकारको तयारी छ । त्यो क्रम प्रत्येक वर्ष बढ्दै जाने जनाइएको छ ।

सेनाको जागिरलाई भारतमा उच्च सम्मानका साथ हेरिन्छ र अवकाशपछि भविष्यका लागि सामाजिक सुरक्षाका दृष्टिकोणले पनि राम्रो मानिन्छ । जसका कारण सेनामा भर्ना हुन युवाहरूको आकर्षण बढी छ । तर, सेनामा भर्ना हुने प्रतीक्षामा रहेका युवालाई सरकारको नयाँ नीतिले झस्काएको छ । उनीहरूले छोटो अवधिको सैन्य भर्तीले चार वर्षपछि बेरोजगार हुने स्थिति पैदा हुने भनेका छन् । साथै, पेन्सनबिनाको जागिरले सेनामा आकर्षण घटाउने उनीहरूको भनाइ छ । बिहार राज्यबाट सुरु भएको बिरोध प्रदर्शन भारतका विभिन्न प्रदेशमा फैलिएको छ । बिहीबार हरियाणा, हिमाचल, उत्तराखण्ड, राजस्थान, उत्तर प्रदेशलगायतका राज्यमा ठूलो संख्यामा युवाहरू प्रदर्शनमा उत्रेका हुन् । कतिपय ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहारमा गरिएको प्रदर्शनका क्रममा युवाहरूले रेलमा आगजनीसमेत गरेका छन् । त्यहाँ कतिपय स्थानमा रेल सेवा अवरुद्ध पारिएको छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...