मोदी सरकारले अग्निपथ योजना ल्याएपछि भारतमा विरोध

Published on

काठमाडौं ३ असार । भारतमा मोदी सरकारले छोटो अवधिका लागि सेनामा भर्ती हुने अग्निपथ योजना ल्याएपछि विरोध सुरु भएको छ । भारतका युवाहरुले देशव्यापी विरोध सुरु गरेका छन् । सेनामा ४ वर्षे सेवा अवधिको योजना ल्याइएपछि युवाहरुले देशव्यापी विरोध स्वरुप प्रर्दशन गरिरहेका छन् । मोदी नेतृत्वको सरकारले भारतीय सेनामा ४ वर्षका लागि भर्ना लिने र त्यसपछि अवकाश दिने ‘अग्निपथ’ नामक सैन्य भर्ना कार्यक्रम सार्वजनिक गरेको थियो । छोटो अवधिका लागि भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै सेनामा स्थायी जागिरको अवसर पाउनेछन् । बाँकीले अन्यको हकमा भने जागिरको अवसर हुनेछैन । भारतले आफ्नो बजेटको ठूलो हिस्सा सुरक्षा क्षेत्रमा खर्चिने गर्छ । सुरक्षामा लगाइएको बजेटमध्येको ठूलो हिस्सा सैनिकको पेन्सनमा खर्च हुने गर्छ । सरकारले पेन्सनका लागि दिइने रकम घटाउन र कम खर्चमा ठूलो संख्यामा सैनिक भर्ती गर्नका लागि नयाँ योजना ल्याएपछि रुष्ट युवाहरूले विरोध थालेका हुन् ।
भारतको हालको रक्षा बजेट ६ लाख करोड रुपैयाँ छ । त्यसमा १ लाख २० हजार करोड पेन्सन वितरणमा खर्च हुने गरेको छ । र, दिन प्रतिदिन पेन्सनको व्ययभार बढ्दै गएको छ । यस वर्ष ४६ हजार युवालाई छोटो अवधिको सैनिक भर्ना गर्ने सरकारको तयारी छ । त्यो क्रम प्रत्येक वर्ष बढ्दै जाने जनाइएको छ ।

सेनाको जागिरलाई भारतमा उच्च सम्मानका साथ हेरिन्छ र अवकाशपछि भविष्यका लागि सामाजिक सुरक्षाका दृष्टिकोणले पनि राम्रो मानिन्छ । जसका कारण सेनामा भर्ना हुन युवाहरूको आकर्षण बढी छ । तर, सेनामा भर्ना हुने प्रतीक्षामा रहेका युवालाई सरकारको नयाँ नीतिले झस्काएको छ । उनीहरूले छोटो अवधिको सैन्य भर्तीले चार वर्षपछि बेरोजगार हुने स्थिति पैदा हुने भनेका छन् । साथै, पेन्सनबिनाको जागिरले सेनामा आकर्षण घटाउने उनीहरूको भनाइ छ । बिहार राज्यबाट सुरु भएको बिरोध प्रदर्शन भारतका विभिन्न प्रदेशमा फैलिएको छ । बिहीबार हरियाणा, हिमाचल, उत्तराखण्ड, राजस्थान, उत्तर प्रदेशलगायतका राज्यमा ठूलो संख्यामा युवाहरू प्रदर्शनमा उत्रेका हुन् । कतिपय ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहारमा गरिएको प्रदर्शनका क्रममा युवाहरूले रेलमा आगजनीसमेत गरेका छन् । त्यहाँ कतिपय स्थानमा रेल सेवा अवरुद्ध पारिएको छ । एजेन्सी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...